गुल्मी, अर्घाखाँची र नवलपरासीमा डढेलोले ७० बढी घरगोठ जले



हाम्रो इकोनोमि

 

 

वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्‍याएको र आगो निभाउनेक्रममा दुई जना घाइते भएपछि उनीहरुको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार बिहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन् । उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...