युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिए



 

 

बेलायती विश्व सेवा (बीबीसी)ले युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५० हजार सैनिक गुमाएको दाबी गरेको छ । सन २०२२ फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य हमला सुरु गरेको रुसले त्यो समयबाट ५० हजार सैनिक गुमाएको कुरा चिहान गनेर पत्ता लगाइएको बिबिसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा, मिडियाजोनका कयौँ स्वयंसेवकहरूले रुसभरिका ७० सैन्य चिहान क्षेत्रमा थपिएका चिहान गन्दा यस्तो पत्ता लगाएको बिबिसीले दाबी गरेको छ । पहिलो वर्षमा भन्दा युद्धको दोस्रो वर्षमा रुसले धेरै सैनिक गुमाएको दाबी बिबिसीको छ । दोस्रो वर्षमा २७ हजार ३०० सैनिक मारिएको बताइएको छ ।
वाग्नर समूहबाट मात्रै २२ हजार बढी लडाकु मारिएको बीबीसीको दाबी छ । मृत्यु भएका हरेक पाँचमा दुई जना रुसी सेनामा पहिलेबाट नजोडिएका समेत बीबीसीको दाबी छ । बीबीसीले यस्तो दाबी गरेकोमा रुसको कुनै औपचारिक प्रतिक्रिया आएको छ । युक्रेनले दाबी गरेको जस्तो लाख बढी रुसी सैनिक नमारिएको भने बीबीसीको दाबीले देखाएको छ । यस्तै अमेरिकी समाचार एजेन्सी एपीले सन २०२३ को जुलाईसम्म मै ५० हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । त्यो दाबी पनि बीबीसीको दाबी भन्दा धेरै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

विकासको लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रष्ट्याएका

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ

४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने

    एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले