युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिए



हाम्रो इकोनोमि

 

 

बेलायती विश्व सेवा (बीबीसी)ले युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५० हजार सैनिक गुमाएको दाबी गरेको छ । सन २०२२ फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य हमला सुरु गरेको रुसले त्यो समयबाट ५० हजार सैनिक गुमाएको कुरा चिहान गनेर पत्ता लगाइएको बिबिसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा, मिडियाजोनका कयौँ स्वयंसेवकहरूले रुसभरिका ७० सैन्य चिहान क्षेत्रमा थपिएका चिहान गन्दा यस्तो पत्ता लगाएको बिबिसीले दाबी गरेको छ । पहिलो वर्षमा भन्दा युद्धको दोस्रो वर्षमा रुसले धेरै सैनिक गुमाएको दाबी बिबिसीको छ । दोस्रो वर्षमा २७ हजार ३०० सैनिक मारिएको बताइएको छ ।
वाग्नर समूहबाट मात्रै २२ हजार बढी लडाकु मारिएको बीबीसीको दाबी छ । मृत्यु भएका हरेक पाँचमा दुई जना रुसी सेनामा पहिलेबाट नजोडिएका समेत बीबीसीको दाबी छ । बीबीसीले यस्तो दाबी गरेकोमा रुसको कुनै औपचारिक प्रतिक्रिया आएको छ । युक्रेनले दाबी गरेको जस्तो लाख बढी रुसी सैनिक नमारिएको भने बीबीसीको दाबीले देखाएको छ । यस्तै अमेरिकी समाचार एजेन्सी एपीले सन २०२३ को जुलाईसम्म मै ५० हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । त्यो दाबी पनि बीबीसीको दाबी भन्दा धेरै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...