पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमले आज (मंगललबार) बिहानदेखि कायम हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगम लिमिटेडका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढाएको जानकारी सोमबार दिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ रुपैयाँ पुगेको छ । निगमले पहिलो वर्गअन्तर्गत विराटनगर, चारआली, अमलेखगञ्ज,जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा कायम गरेको जनाएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य तोक्दा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...