इजरायलमा कस्तो छ नेपालीको अवस्था ?



हाम्रो इकोनोमि

 

 

इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू भएको छ । यसअघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना सांघातिक हमलाहरूमा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता गर्ने अवस्था बनेको छ । तर इजरायलस्थित नेपाली राजदूतावासले भने त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेपनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ । दूतावासले नेपालीहरुलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरे । दूतावासले जारी गरेको विज्ञिप्तमा द्धितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।’ दूतावासले विज्ञप्तिमार्फत् भनेको छ । यसअघि हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसबेला हमासको कब्जामा परेका विपीन जोशी अहिलेसम्म पनि स्वदेश फर्किन पाएका छैनन् । त्यसबेला सरकारले जहाज नै पठाएर इजरायलबाट नेपालीहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...