इरानद्धारा इजरायलमा ड्रोन आक्रमण



हाम्रो इकोनोमि

 

 

इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत थिए । त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो । इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । अझै पनि केही ड्रोनहरु इजरायलका आकाशमा उडिरहेको देखेको र ती केही घण्टामै इजरायलसम्म आइपुग्न सक्ने इजरायली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...