एअर प्युरिफायरको माग बढदै



हाम्रो इकोनोमि

 

 

बिभिन्न मानबिय र प्राकृतिक कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको छ । सवारी साधनबाट हुने कार्बन उत्सर्जन,
बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, ईटाभत्ता तथा कारखानाबाट निस्केको धुवा, खराब फोहोर व्यवस्थापन र जंगलमा
लागेको डढेलो आदि यसका प्रमुख कारणहरु हुन। वायु प्रदुषण बढेका कारण सर्वसाधारणमा आँखा जलन, सुख्खा खोकी, टाउको
दुखाइ जस्ता स्वास्थ्य समस्याहरु देखिएको छ। बिभिन्न कारणले गर्दा बढेको वायु प्रदुषण र स्वास्थ्य समस्याहरुले गर्दा काठमाडौंमा एअर प्युरिफायरको माग बढेको छ । बजारमा बिभिन्न ब्रान्डका एअर प्युरिफायरहरु उपलब्ध छन। नेपालको नम्बर १ अन्तरराष्ट्रिय ब्रान्ड एलजीको पनि ३६० डिग्री एअर प्युरिफायर नेपाली बजारमा उपलब्ध छ जसको ३६० डिग्री प्युरिफिकेसन ले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम
एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ। सो एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्दछ, जसले हावामा हानिकारक
पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरु, भाइरस र किटाणुहरुलाई हटाउँछ ।
एलजी प्युरीकेयर ३६० डिग्री एअर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्दछ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी(नासा)
द्धारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्धतले हावाको एअर फ्लो
उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ । मल्टि फिल्ट्रेसन सिस्टम(एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९.९ प्रतिशत हटाउँदछ । त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्कृय पार्दछ । एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ । यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । सो प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेशनको साथ सफा हावाको वितरण गर्न मद्धत गर्दछ । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...