जगन्नाथ थपलियाले लिए आर्थिक मामिलामन्त्रीको शपथ



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेश सरकारमा नेकपा एमाले दोस्रो पटक सहभागी भएको छ । एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गरेका हुन् । चालू प्रदेश सरकारमा थपलिया दोस्रो पटक मन्त्री बनेका छन् । यसअघि २०७९ पुस २६ मा पनि उनी आर्थिक मामिलामन्त्री बनेका थिए । बागमतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको शपथ लिएका थिए । योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूवार्धार विकास र सामाजिक विकास मन्त्रालय परेको छ । नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ ।अब बाँकी पाँच वटै मन्त्रालयमा एमालेले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...