हरिप्रसाद लम्साल सचिवमा बढुवा



हाम्रो इकोनोमि

 

प्रसाद लम्साल बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाका  ‘क्याडर’का रुपमा चिनिएका लम्साललाई सचिवमा बढुवा गरेको हो । बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको थियो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरिप्रसाद लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट १ नम्बरमा सिफारिस भएका लम्साललाई सचिवमा बढुवा गरिएको हो । उनी २३ कात्तिकयता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा कायममुकायम प्रमुख सचिवका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...