सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन



जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोशाकमा प्रहरी परिचालित नगर्न निर्देशन दिएका छन् ।  बिहीबार गृहमन्त्रीले नेपाल प्रहरी केन्द्रिय कार्यालयलाई सादा पोशाकमा प्रहरीलाई ड्युटीमा नखटाउन निर्देशन दिएका हुन् ।

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन् । सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका कार्यालयमा निर्देशन जारी गरेको छ । 

गृहको निर्देशनपश्चात् प्रहरी प्रधान कार्यालयले हाल परिचालन गरिएका सादा पोशाकका कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरेको छ ।

साथै, जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रिय कार्यालय पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

     नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ५० अर्ब रुपैयाँ खिच्ने भएको

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा

नेपालमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल

    नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट

बिहानै धोबीखोलामा कार खस्यो

    आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । बा एए