कर्णाली पुलबाट हाम फालेका १ युवक अझै भेटिएनन्



हाम्रो इकोनोमि

कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताए । उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ ।

‘उहाँहरूलाई डिउटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाई धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भनी जबरजस्ती गरी अघि बढ्नुभएछ,’ डाँगीले भने, ‘नदीमा हाम फाल्दाको अवस्था बारे सूचना थिएन । हराइसकेपछि मात्र खबर आयो । तत्काल उद्दारको प्रयास गरिएको थियो तर सकिएन ।’

घटनाको समयमा प्रहरी निरीक्षक डाँगी भने मोहन्याल गाउँपालिकामा थिए । उनी त्यहाँ युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि गएका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...