आउँदो बैठकमा संसदीय समिति गठन होस् : कांग्रेस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न पुनः माग गरेको छ । आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ । प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने बताइन् । अन्यथा संसद अवरुद्ध हुने संकेत गर्दै उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन, उहाँहरुलाई चाहिएको रहेनछ, उहाँहरुलाई जनताको काम चाहिएको छैन भन्ने बुझ्ने छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको संसद बैठकमा रवि लामिछानेविरुद्ध प्रमाण नभएको बि्रफिङ प्रहरीले गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...