मलाई प्रधानमन्त्री चाहिएको छैन : ओली



हाम्रो इकोनोमि

 

 

माले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताए । अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त ओलीले पत्रकार सम्मेलनमा भने । सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही भएको अहिले पुष्टि भएको उनको भनाइ छ । ‘आयोग बनाउँदा कांग्रेसले अड्को हाल्यो । एमालेले त्यो बेला गरेको माग ठीक थियो भन्ने कुरा आज पनि प्रमाणित भएको छ’, ओलीले थपे । उनले अनुसन्धानका लागि कुनै व्यक्ति पक्राउ पर्दा त्यसले गठबन्धनमा कुनै पनि प्रभाव नपर्ने जिकिर गरे । महाकाली करिडोर निर्माणमा तीव्रता दिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...