८७ प्रतिशत मत ल्याएर पुटिन रुसी राष्ट्रपतिमा विजयी



हाम्रो इकोनोमि

 

 

रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन फेरि विजयी भएका छन् । उनी पाँचौं पटक रुसको राष्ट्रपति भएका हुन् । रुसी विश्व च्यानल आरटीका अनुसार ८७ प्रतिशत मत ल्याएर पुटिन विजयी भएका हुन् । शुक्रबारबाट आइतबारसम्म भएको मतदानमा ७४ प्रतिशत मत खसेको बताइएको छ । आइतबारको चुनावी घोषणाििपछ पुटिनले सार्वजनिक विजयी भाषण गरेका छन् । भाषणमा उनले रुस बलियो, स्वतन्त्र र सार्वभौम देश बनाउने आफ्नो सपना भएको बताएका छन् । रुसी जनता एक भएको अवस्थामा भविष्यका सबै समस्याहरुबाट पार लाग्न सकिने पुटिनले बताएका छन् । चुनावकै आसपासको समयमा युक्रेनले रुसी सीमा मिच्नलाई पाँच हजार सैनिक पठाएको तर रुसी प्रतिकारमा परेर चालिस प्रतिशतले ज्यान गुमाएको पुटिनले बताएका छन् । उनले भनेका छन्, ‘जो जो रुसी सीमानामा घस्रेर आए उनीहरु कोही जिवित छैनन् । दुस्मन पिसिन चाहान्छन् भने हामी यसबाट लाभान्वित नै छौँ ।’ आधुनिक विश्वमा जे पनि सम्भावना भएको भन्दै पुटिनले नेटोले आफ्ना सैनिक युक्रेनमा पठाउन सोचेको बताएका छन् । तर, त्यसो गर्नु तेस्रो विश्व युद्धभन्दा एक कदम पछि मात्रै हुने भन्दै उनले कसैको त्यता रुचि नभएको बताए । सन् २००० मा रुसी सत्तामा आएका पुटिन त्यसयता प्रधानमन्त्री तथा राष्ट्रपतिको रुपमा निरन्तर सत्तामा छन् । त्यस अगाडि उनी सेन्ट पिटर्सबर्गको उपमेयर थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...