सुष्मा लामा हत्या प्रकरणका अभियुक्त पक्राउ



हाम्रो इकोनोमि

 

 

प्रहरीले सुष्मा लामा हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरमाथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडेको अवस्थामा १८ वर्षीया सुष्मा लामाको शव फेला पर्‍यो । शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकालेको थियो । मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की लामा रहेको खुलेको थियो । उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए ।  लामाको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरीसमक्ष दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...