राजस्वले धान्न थाल्यो चालू खर्च



हाम्रो इकोनोमि

 

 

 आर्थिक वर्षको ८ महिना सकिएको छ । २०८०/८१ को फागुनसम्मको तथ्यांकअनुसार राजस्वले बल्ल चालू खर्च धान्न सकेको देखिन्छ । यद्यपि सम्पूर्ण आम्दानी (कर, गैरकर, अनुदान तथा अन्य प्राप्ति) भन्दा खर्च (चालू, पुँजीगत, वित्त) ) अझै पनि १ खर्ब ३७ अर्ब रूपैयाँले बढी छ । अघिल्लो वर्ष राजस्वले चालू खर्च धान्न सकेको थिएन । यस पटक गत वर्षको तुलनामा राजस्वमा बढोत्तरी देखिन्छ ।

हालसम्म ६ खर्ब ३९ अर्ब ४ करोड ६१ लाख रूपैयाँ राजस्व संकलन भएको छ भने चालू खर्च ५ खर्ब ८२ अर्ब १० करोड रूपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू खर्चभन्दा यसपटक राजस्व १० प्रतिशतले बढी देखिन्छ । गत वर्ष यसै अवधिमा ५ खर्ब ८२ अर्ब ७७ करोड १५ लाख रूपैयाँ राजस्व संकलन हुँदा चालू खर्च भने ६ खर्ब ८ अर्ब ८४ करोड रूपैयाँ भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यतिबेला कर, गैरकर, अनुदान र अन्य प्राप्ति गरेर ६ खर्ब २२ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको थियो । खर्च भने ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ भएको थियो । आठ महिनासम्म भन्सार महसुलबाट ५ खर्ब ४९ अर्ब र आन्तरिक राजस्व ३ खर्ब ६१ अर्ब उठ्ने लक्ष्य सरकारले राखेको अर्थमन्त्रालयले बताएको छ । तर, उक्त लक्ष्य भेट्न सकेको छैन जसका कारण सरकारको आम्दानी र खर्चको हिसाब किताब अझै मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...