ट्राफिक प्रहरीद्वारा यात्रु मैत्री अभियान सञ्चालन



हाम्रो इकोनोमि

 

 

यात्रुहरुको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसावले गन्तब्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान–२०८० आजबाट सञ्चालनमा ल्याएको छ । यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ छैन ? जेष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरुका लागि आरक्षित सिट पालना भएको छ छैन ? सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई हुने दुर्व्यवहार , त्यस्तै भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनाधिकृत राईड सेयर गरेको बिषयमा अनुगमन पश्चात यदि कार्यान्वयन गरेको नपाईएमा आवश्यक कारबाही गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनु भयो । आज देखी आगामी चैत्र १४ गते सम्म सञ्चालन गरिने यो अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारीहरु सादा पोशाकमा खटिने र आवश्यकता अनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरुबाट समेत थप जनशक्ति परिचालन गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो । आज भएको अनुगनमनका क्रममा सवारी साधनमा भाडा दर नराख्ने २१७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ र बढी भाडा लिने २ गरी जम्मा ३०३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।
यो अभियानबाट यात्रुबर्गलाई सुरक्षित, सम्मान जनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरु समयमै गन्तब्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको र यो अभियान, हाललाई १५ दिन सम्म सञ्चालन गरिने भएतापनि अभियान सञ्चालन अवधिभरको पृष्ठपोषणका आाधारमा अनुगमनलाई निरन्तरता दिईने बताईएको छ । यो अभियानको सम्पूर्ण अनुगमन तथा मूल्यांकन भने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने र यात्रुहरुले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुर्व्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा खवर गर्नुहुन पनि प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...