प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यक्ता हो : सिके राउत



हाम्रो इकोनोमि

 

 

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए ? भन्दै प्रश्न गर्नुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लड्न नपाइने कानून बनाउनुपर्ने या यो व्यवस्था नै खारेज गनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन पटक पटक बन्छ । पटक पटक भत्किन्छ । तर यसबाट जनताले चाँही के पाइराखेका छन् ? या त निर्वाचनमा गठबन्धन रोक्नसक्ने ऐन कानूनबनाउनुपर्यो नभए यो व्यवस्था नै परिवर्तन गनुपर्यो ।’ जनताबाट म्यान्डेट लिएर आएका नेताहरुले जनमत बचाउन नसकेको उल्लेख गर्नुहुँदै राउतले विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ नेताहरुले राखेका विचारबाट के प्रष्ट हुन्छ भने जुन मत जनताले हामीलाई दिएका छन् । त्यो जनमत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नु परेको छ कहिले उता हाल्नुपरेको छ । यो हामीले बताउन सकिरेहका छैनौं । विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं ।’ उहाँले प्रधानमन्त्री प्रचण्डले सदनमा अर्थतन्त्रका आँकडा प्रस्तुत गर्दैगर्दा राजश्व कति बढ्यो र खर्च कति भयो भन्न किन डराउनुभयो भन्दै प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...