सबै राजनीतिक दल मिलेर देशको विकासमा लागौ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभएको हो । देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उहाँले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उहाँले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकाले विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...