सक्नुहुन्छ भने एमालेसँग मिल्नुस् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सबै दलहरू मिले पनि आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए । उनले भने( गठबन्धन बन्ने र भत्किने प्रक्रिया चलिरहेको तर मलाई प्रेसर दिन हो या अलि बढी पोलिटिकल्ली घोचपेच गर्न खोजेजस्तो महसुस भएको छ । ठूला दलहरू मिल्यौँ भने तेरो हालत के हुन्छ, भनेर पहिला पनि भनियो आज पनि भनियो मेरो कामना छ तपाईँहरू मिल्नुस् सबै मिल्नुस् तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र संविधानको पक्षको राष्ट्रियताको पक्षमा लडिराख्छ। तपाईंहरुलाई लागेको छ प्रचण्ड डराउँछ भनेर कांग्रेसका नेता साथीहरूलाई हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न लागेको हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने लागेको छ । त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस् । उनले गठबन्धन गर्न दलहरू स्वतन्त्र हुने भएकाले राजनीतिक रूपमा फाइदा भए गर्ने हो नभए नगर्ने उनको भनाइ छ । उनले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेकोप्रति पनि आक्रोश पोखे । उनले थपे- तीनैलाई तपाईँहरू प्रधानमन्त्री बनाउन हिँडिरहेको पनि देखेकै हो नि । यति धेरै डबल स्ट्यान्डरको कुरा हामी किन गर्ने ? आफूतिर आए प्रधानमन्त्री बनाउन तयार नआए भ्रष्टाचार, मुद्दा परेको कारबाही गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...