होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु



हाम्रो इकोनोमि

 

जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डिएसपी अवाले बताए । युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...