प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन
प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०७ :
४१ बजे
हाम्रो इकोनोमि
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन भनेका हुन्।प्रधानमन्त्री दाहालले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। ‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ,’ लेखकले भनेका छन्। प्रधानमन्त्री दाहालले गत फागुन २१ गते कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...
यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...
शनिवार र आइतवार सार्वजनिक विदा
सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...
जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ
दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...