नेताको चाकडी गरेको सुन्न नपरोस् : गृहमन्त्री लामिछाने



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । अपराध अनुसन्धानमा कोही प्रतिवादी हुने र नहुने भन्ने विषय आदेशले निर्धारण नगर्ने बताउँदै उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुस् ।’ त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफूले डटेर गर्ने लामिछानेले बताए । प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार बिहान निरीक्षण गर्दै लामिछानेले प्रहरी अधिकृतहरुलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न निर्देशन दिए । नीति र विधिभित्र रहेर काम गर्नुस्, कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुस्’, उनले भने, ‘मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ । प्रहरीले हरेक नागरिकले सुरक्षित महसुस हुने गरी सेवा दिनुपर्ने बताउँदै लामिछानेले अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्ने बताए । उनले भने, ‘आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार गर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...