इलाम २ मा सुहाङ नेम्वाङको पनि दाबी



हाम्रो इकोनोमि

 

 

इलाम २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगै सुवासचन्द्रका छोरा सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो । यही चर्चाबीच  इलाम आएका उनले निवेदनमार्फत दाबेदारी प्रस्तुत गरेका हुन् । एमाले इलामका उपाध्यक्ष तथा कार्यदल संयोजक राईले सुहाङले पनि उम्मेदवारीको लागि निवेदन दिएको बताए । संयोजक राईका अनुसार सुहाङसहित एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले पनि दाबेदारी प्रस्तुत गरेका छन् । कार्यदलले चैत ३ सम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...