गठबन्धन होइन सहयात्रा भन्न थालौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले पछिल्लो गठबन्धनलाई ुगठबन्धनु नभनेर ुसहयात्राु भन्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र भेटघाटबारे ब्रिफिङ गरेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू र एमाले अध्यक्ष ओलीबीच पनि गठबन्धनुको सट्टा सहयात्रा भन्नुपर्ने विषयमा कुराकानी भएको बताएका थिए । गठबन्धन भन्ने भाष्य अलि राम्रो भएन । खाली सत्ता बनाउन र भत्काउन मात्रै प्रयोग भएझै देखियो, प्रधानमन्त्री प्रचण्डले भने,‘सहयात्रा भन्दा यसलाई दीर्घकालीन रूपमा लैजानेगरी सोच्न सकिने भइयो । यो सहयात्रालाई पहिले बाम ध्रुविकरण र आउँदो चुनावसम्म पार्टी एकताको चरणसम्म लैजान सकिन्छ कि भन्ने हिसाबले कुरा अघि बढेको छ । प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तीनपटक गठबन्धन बदलेको भन्दै आलोचना भइरहेको सन्दर्भमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । ०७९ को निर्वाचनमा कांग्रेसहितको गठबन्धन गरेका प्रचण्डले गत वर्ष पुसमा सरकार बनाउँदा एमालेसहितका नेताहरूको साथ लिएका थिए । दुई महिनापछि फेरि पुरानै गठबन्धनको सरकारमा फर्किएका प्रचण्डले अहिले फेरि एमालेसहितका दलहरूको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...