बैकल्पिक गठबन्धनको तयारीमा देउवा, यस्तो छ अंकगणित



हाम्रो इकोनोमि

 

 

कांग्रेस बैकल्पिक गठबन्धनको प्रयासमा जुटेको छ । नेपाली कांग्रेसले उपेन्द्र यादव र माधव नेपाललाई आफूतिर राख्न सक्दा प्रचण्ड सरकार ढल्न र वैकल्पिक गठबन्धनको बहुमत पुग्ने हिसाब राखेको छ । भूराजनीतिक शक्तिहरू समेत वैकल्पिक गठबन्धनलाई बहुमत जुटाउन सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली मंगलवार साँझ २ घण्टासम्म माधव नेपाल निवासमा बसेर फकाउन खोजेका हुन् । नेपाली कांग्रेसले रास्वपा वा जसपालाई प्रचण्डको साथबाट छुटाउन सक्दा वैकल्पिक गठबन्धन बन्ने आँकलन गरिएको छ । त्यसैले कांग्रेसले तत्कालै प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिएको हो । यदि माधव नेपाललाई प्रचण्डतिर जानबाट रोक्न सकिएमा कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुन्छ । चित्रबहादुर केसीले पनि प्रचण्डको पछिल्लो कदमको विरोध गरेकाले उनी कांग्रेससँगै रहनेछन् । त्यसो गर्दा १२६ सीट हुन्छ । प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत सदस्य भन्नाले अहिलेको अवस्थामा १३७ सीट आवश्यक पर्छ । एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन् । त्यस्तै सुवास नेम्वाङको निधन भएका कारण एक सीट रिक्त छ । जसपालाई प्रचण्डको साथबाट निकाल्न सक्दा रास्वपाविना पनि वैकल्पिक गठबन्धनको वहुमत पुग्छ । जसपाभित्र प्रष्टरूपमै अहिले दुईधार देखिएको छ । भूराजनीतिक शक्तिले पार्टी नै फुटाइदिने सम्भावना देखिएपछि उपेन्द्र यादव पनि हच्किएका छन् । यो सबै सम्भावना बुझेरै प्रधानमन्त्री प्रचण्ड बेचैन बनेको बताइन्छ । माधव नेपालको चित्त बुझाउन ओलीलाई समेत लिएर गएका प्रचण्डले आफूबाट गल्ति भएको बताएका छन् । कतै माधव नेपाललाई नै कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर वैकल्पिक गठबन्धन बनाउने हो कि भन्ने त्रास प्रचण्डमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...