बैकल्पिक गठबन्धनको तयारीमा देउवा, यस्तो छ अंकगणित



हाम्रो इकोनोमि

 

 

कांग्रेस बैकल्पिक गठबन्धनको प्रयासमा जुटेको छ । नेपाली कांग्रेसले उपेन्द्र यादव र माधव नेपाललाई आफूतिर राख्न सक्दा प्रचण्ड सरकार ढल्न र वैकल्पिक गठबन्धनको बहुमत पुग्ने हिसाब राखेको छ । भूराजनीतिक शक्तिहरू समेत वैकल्पिक गठबन्धनलाई बहुमत जुटाउन सक्रिय भएको सूचना पाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली मंगलवार साँझ २ घण्टासम्म माधव नेपाल निवासमा बसेर फकाउन खोजेका हुन् । नेपाली कांग्रेसले रास्वपा वा जसपालाई प्रचण्डको साथबाट छुटाउन सक्दा वैकल्पिक गठबन्धन बन्ने आँकलन गरिएको छ । त्यसैले कांग्रेसले तत्कालै प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिएको हो । यदि माधव नेपाललाई प्रचण्डतिर जानबाट रोक्न सकिएमा कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुन्छ । चित्रबहादुर केसीले पनि प्रचण्डको पछिल्लो कदमको विरोध गरेकाले उनी कांग्रेससँगै रहनेछन् । त्यसो गर्दा १२६ सीट हुन्छ । प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत सदस्य भन्नाले अहिलेको अवस्थामा १३७ सीट आवश्यक पर्छ । एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन् । त्यस्तै सुवास नेम्वाङको निधन भएका कारण एक सीट रिक्त छ । जसपालाई प्रचण्डको साथबाट निकाल्न सक्दा रास्वपाविना पनि वैकल्पिक गठबन्धनको वहुमत पुग्छ । जसपाभित्र प्रष्टरूपमै अहिले दुईधार देखिएको छ । भूराजनीतिक शक्तिले पार्टी नै फुटाइदिने सम्भावना देखिएपछि उपेन्द्र यादव पनि हच्किएका छन् । यो सबै सम्भावना बुझेरै प्रधानमन्त्री प्रचण्ड बेचैन बनेको बताइन्छ । माधव नेपालको चित्त बुझाउन ओलीलाई समेत लिएर गएका प्रचण्डले आफूबाट गल्ति भएको बताएका छन् । कतै माधव नेपाललाई नै कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर वैकल्पिक गठबन्धन बनाउने हो कि भन्ने त्रास प्रचण्डमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...