गृह मन्त्रालय नछाड्ने मनस्थितिमा रास्वपा



हाम्रो इकोनोमि

 

 

माओवादीले दाबी गरे पनि रास्वपा गृह मन्त्रालय छोड्ने पक्षमा छैन । यदि रास्वपाले अडान लियो भने प्रधानमन्त्रीले अस्वीकार गर्न कठिन हुने छ, किनकि रास्वपाको समर्थनबिना वर्तमान सरकार अल्पमतमा पर्छ । रास्वपाका एक शीर्ष नेताले भने, ‘हामीले गृह छोड्ने प्रश्नै आउँदैन । उहाँहरू पहिल्यै सहमत पनि भइसक्नुभएको छ । बीच-बीचमा अनेक कुराहरू आउँछन् । तर, गृहमा सभापतिज्यू नै जानुहुन्छ । रास्वपाले गृहसहित चार वटा र माओवादीले पाँच वटा मन्त्रालयमा दाबी गरिरहेका छन् । जसपाको दाबी ३ मन्त्रालयमा छ । नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई सबैको चित्त बुझाउन सजिलो छैन । सरकारमा सहभागी हुने दलहरूको टुंगो लागेपछि मात्रै मन्त्रालय बाँडफाँट गर्ने भनिएको छ । गठबन्धनमा सामेल चार दलसहित नेकपा एस, नागरिक उन्मुक्ति, जनमत, र लोसपा पनि सरकारमा भित्रिन आतुर छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...