प्रचण्डसँग माधव नेपालको तीव्र असन्तुष्टि



हाम्रो इकोनोमि

 

 

 

बालुवाटारमा चलिरहेको नवगठबन्धन बैठक छोडेर आफ्नो निवासमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले तीव्र असन्तुष्टि पोखेका छन् । आफूसँग कुनै सरसल्लाह नगरी सबै निर्णय गरेको र अप्ठेरो परेपछि खोज्दै आएको भन्दै उनी प्रचण्डसँग झोक्किए । प्रचण्डले माधव नेपाललाई थाहै नदिईकन एमाले, रास्वपा र जसपासँग नयाँ सहमति गरेका थिए । भोलिपल्ट चार दलबिच नयाँ गठबन्धन बनेको समाचार आउँदासम्म नेपाल लगायत नेकपा एसका नेताहरुलाई पत्तो थिएन । दुई दिन अस्पताल बसेर अस्ति साँझ घर फर्केका नेपाल बेड रेस्टमै थिए । तर, बिहानदेखि नै उनको घरमा नेताहरूको लर्को लाग्यो । बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न आएका थिए । उनले यस्तो यस्तो कुरा भएको छ भनेर जानकारी गराउँदै नेकपा एसलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गरे । नेपालले पार्टीमा सल्लाह गर्छु भनेर फर्काए

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...