प्रचण्डसँग माधव नेपालको तीव्र असन्तुष्टि



हाम्रो इकोनोमि

 

 

 

बालुवाटारमा चलिरहेको नवगठबन्धन बैठक छोडेर आफ्नो निवासमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले तीव्र असन्तुष्टि पोखेका छन् । आफूसँग कुनै सरसल्लाह नगरी सबै निर्णय गरेको र अप्ठेरो परेपछि खोज्दै आएको भन्दै उनी प्रचण्डसँग झोक्किए । प्रचण्डले माधव नेपाललाई थाहै नदिईकन एमाले, रास्वपा र जसपासँग नयाँ सहमति गरेका थिए । भोलिपल्ट चार दलबिच नयाँ गठबन्धन बनेको समाचार आउँदासम्म नेपाल लगायत नेकपा एसका नेताहरुलाई पत्तो थिएन । दुई दिन अस्पताल बसेर अस्ति साँझ घर फर्केका नेपाल बेड रेस्टमै थिए । तर, बिहानदेखि नै उनको घरमा नेताहरूको लर्को लाग्यो । बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न आएका थिए । उनले यस्तो यस्तो कुरा भएको छ भनेर जानकारी गराउँदै नेकपा एसलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गरे । नेपालले पार्टीमा सल्लाह गर्छु भनेर फर्काए

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...