केपी ओली र माधव नेपालबीच फोनबार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्धमा छाएको तिक्तता अब मेटिने संकेत देखिएको छ । पार्टी विभाजनयता पहिलोपटक हिजो ओलीले नेपाललाई फोन गरे । गठबन्धनको सहमतिलाई मुर्तरूप दिन हिजो बालुवाटारमा बसेको बैठकमा सरकारलाई सहज बहुमत पुर्‍याउनका लागि नेकपा एसलाई पनि समेट्नुपर्ने छलफल भएको थियो । त्यसपछि अन्य नेताहरूसँगको सल्लाहमा प्रधानमन्त्री प्रचण्ड र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाल निवास हिँडे । प्रचण्ड हिँडेपछि ओलीले वैठकबाटै नेपाललाई फोन गरेका हुन् । उनले सुरूमा नेपाललाई स्वास्थ्यलाभको कामना गरेका थिए । अस्वस्थ हुनुहुँदो रहेछ । स्वास्थ्यलाभको कामना छ’ भनेपछि नेपालले धन्यवाद दिए । त्यसपछि ओलीले भने, ‘म आउन पाइनँ । प्रचण्डजी आउनु भएको छ । उहाँले राख्ने कुरा मेरो पनि हो है । नेपालले भने, ‘ठीक छ, छलफल गर्न सकिन्छ । नेताहरूबीच दुई-तीन मिनेट मात्रै कुरा भएको थियो । ओलीले फोन गरेको केही मिनेटमै प्रचण्ड नेपाल निवासमा आइपुगेका थिए । प्रचण्डले रातारात गठवन्धन फेर्दा माधव नेपाललाई उपेक्षा गरेका थिए । त्यसबाट असन्तुष्ट बनेका नेपाललाई फकाउन प्रचण्ड गएका हुन् । हिजो माओवादी वैठकले गठवन्धनमा एसलाई पनि समेट्नुपर्ने निर्णय गरेको थियो । एमाले पनि नेकपा एसलाई समेट्न सकारात्मक बनेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...