केपी ओली र माधव नेपालबीच फोनबार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्धमा छाएको तिक्तता अब मेटिने संकेत देखिएको छ । पार्टी विभाजनयता पहिलोपटक हिजो ओलीले नेपाललाई फोन गरे । गठबन्धनको सहमतिलाई मुर्तरूप दिन हिजो बालुवाटारमा बसेको बैठकमा सरकारलाई सहज बहुमत पुर्‍याउनका लागि नेकपा एसलाई पनि समेट्नुपर्ने छलफल भएको थियो । त्यसपछि अन्य नेताहरूसँगको सल्लाहमा प्रधानमन्त्री प्रचण्ड र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाल निवास हिँडे । प्रचण्ड हिँडेपछि ओलीले वैठकबाटै नेपाललाई फोन गरेका हुन् । उनले सुरूमा नेपाललाई स्वास्थ्यलाभको कामना गरेका थिए । अस्वस्थ हुनुहुँदो रहेछ । स्वास्थ्यलाभको कामना छ’ भनेपछि नेपालले धन्यवाद दिए । त्यसपछि ओलीले भने, ‘म आउन पाइनँ । प्रचण्डजी आउनु भएको छ । उहाँले राख्ने कुरा मेरो पनि हो है । नेपालले भने, ‘ठीक छ, छलफल गर्न सकिन्छ । नेताहरूबीच दुई-तीन मिनेट मात्रै कुरा भएको थियो । ओलीले फोन गरेको केही मिनेटमै प्रचण्ड नेपाल निवासमा आइपुगेका थिए । प्रचण्डले रातारात गठवन्धन फेर्दा माधव नेपाललाई उपेक्षा गरेका थिए । त्यसबाट असन्तुष्ट बनेका नेपाललाई फकाउन प्रचण्ड गएका हुन् । हिजो माओवादी वैठकले गठवन्धनमा एसलाई पनि समेट्नुपर्ने निर्णय गरेको थियो । एमाले पनि नेकपा एसलाई समेट्न सकारात्मक बनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...