गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी



हाम्रो इकोनोमि

 

 

नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको सकस सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा थप दलहरुलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थाल्नुभएको छ । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ । रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसक्नुभएको छ । अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा हुनुहुन्छ । ‘शीर्ष नेताहरुबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैँ जानुहुन्छ ।’ रास्वपाका एक सांसदले भन्नुभयो, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’ती सांसदका अनुसार रास्वपाले चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । ‘यही मन्त्रालय भन्ने छैन । गृहमा हाम्रो बलियो दाबी हो । बाँकी जुन मन्त्रालय भएपनि हुन्छ, तर चार वटा हुनुपर्छ भन्ने छ ।’ ती सांसदले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...