प्रचण्डले धोका दियो : शेरबहादुर देउवा



 

आज सोमबार बिहान बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसक्ने भयो भनेको उनले सुनाए नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे भोलि मात्र निर्णय गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णय लिएपछि कांग्रेस शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । गठबन्धनको बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार बिहान ८ बजे पदाधिकारीसहित बालुवाटार जाने तयारीमा थिए । तर बालुवाटारबाट बैठक स्थगितको सूचना आयो । लगत्तै देउवाले पदाधिकारीहरुसँग छलफल गरे । देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा उपसभापति खड्काले प्रधानमन्त्रीसँग भएको भेटबारे जानकारी गराए । प्रचण्डले किन गठबन्धन फेरे भन्ने विश्लेषण गरे । प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेको उनले स्वीकार गरे । तर आफूहरुले कांग्रेसका मन्त्री २ वर्षका लागि पठाएको हो भनेपछि गम्भीर रुपमा यो विषय कहिल्यै नउठाएको बताए । कोशी प्रदेशमा केदार कार्कीले एमालेसँग मिलेर सरकार बनाएपछि अठ्यारो परेको भनेर भनेको, तर डा. शेखर कोइरालाले बालुवाटारमा सहमति गरेसँगै ठीकै छ भनेर चित्त बुझाएको उनले बताए । पार्टीको महासमिति बैठकमा भएका छलफल पनि बहाना मात्र भएको कांग्रेस नेताहरुको निष्कर्ष छ । ‘हामीले छलफल गरेपछि यो विषय पनि टुंगिसकेको थियो,’ खड्काले नेताहरुलाई भने, ‘हामी नियमित सम्वादमै छौं । मन्त्री वा अरु कुनै कारण गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था आयो भनेर कहिल्यै भन्नु भएन ।’ कांग्रेस सभापति देउवाले पनि गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको भन्दै उनले भने, ‘यसले (प्रचण्डले) धोका दियो ।’ प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २/४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए 

प्रतिक्रिया दिनुहोस
अहिले नै सरकार परिवर्तन हुदैन : शशांक कोइराला

    नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

     नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २०

प्रधानमन्त्रीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौं

माघ १८ गते संसदको हिउँदे अधिवेशन आव्हान

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्