दुबई गएका शरदसिंह फर्किँदा मन्त्री पद चैट्



हाम्रो इकोनोमि

 

 

वर्तमान सरकारका अधिकांस मन्त्रीले एकसाथ जागीर गुमाउँदैछन् । बेलुका अनायास सुरु भएको बालुवाटार दौडले एकैसाथ थुप्रै मन्त्री भुतपूर्व बन्ने भएका छन् । त्यसमध्ये एक हुन् शरदसिंह भण्डारी । श्रम तथा रोजगार मन्त्री भण्डारी अहिले यूएईमा छन् । उनी वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको रोजगारी सम्मेलनमा भाग लिन त्यहाँ पुगेका हुन् ।  मन्त्री भण्डारी आज बेलुका फर्किनेछन् । श्रम तथा रोजगार मन्त्रीको हैसियतमा यूएई गएका मन्त्री भुतपुर्व बनेर फर्किने निश्चित भएको छ । काठमाडौंमा ओर्लिँदा उनको मन्त्री पद गुमिसकेको हुने छ । सरकारका अन्य मन्त्रीहरुको पनि अवस्था यस्तै छ । आज पार्टीको वैठकमा सहभागी भएका कानून मन्त्री धनराज गुरुङ गाडीमा राखेको झण्डा छोपेर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...