रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री सहमत



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ । हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो । हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्रोतले भन्यो, ‘यदि अरू दायाँबायाँ भएन र आजै नयाँ मन्त्रीमण्डल बन्यो भने सभापतिज्यू उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुहुनेछ । रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई नै सुम्पेको थियो । रविले निकटस्थ नेताहरूलाई आफू सरकारमा जाने जानकारी गराएका छन् । पार्टीको अर्को बैठक आजै बसेर औपचारिक निर्णय लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...