टिचिङ अस्पताल अगाडि पीडित परिवारको नाराबाजी



 

 

चितवनको रत्ननगरस्थित विद्यालयको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट निष्पक्ष हुनुपर्ने माग गर्दै पीडित परिवार प्रदर्शनमा उत्रिएको छ ।  बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेका परिवारका सदस्यहरुले त्यसअनुसार पोष्टमार्टम रिपोर्ट नआएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गरेका हुन् । मृतकका बुवा दीपेन्द्र पोखरेल, आमा सगुन, ठूलोबुबा प्रकाश ढकालसहित  सामाजिक अभियन्ता पुण्य गौतमलगायत प्रदर्शनमा उत्रिएका थिए ।

त्यसक्रममा उनीहरुले ‘हत्यारालाई फाँसी दे’, ‘हाम्रा छोरीचेली कहिलेसम्म असुरक्षित ?’, ‘दोषी सबैलाई कारबाही गर’, ‘हाम्रो छोरीलाई दोस्रो निर्मला नबनाइदे,’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका हुन् । गोरखाको अजिरकोट स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ्ग स्कुलको होस्टलमा बसेर अध्ययनरत १४ वर्षीया शालिनको फागुन १२ गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्