टिचिङ अस्पताल अगाडि पीडित परिवारको नाराबाजी



हाम्रो इकोनोमि

 

 

चितवनको रत्ननगरस्थित विद्यालयको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट निष्पक्ष हुनुपर्ने माग गर्दै पीडित परिवार प्रदर्शनमा उत्रिएको छ ।  बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेका परिवारका सदस्यहरुले त्यसअनुसार पोष्टमार्टम रिपोर्ट नआएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गरेका हुन् । मृतकका बुवा दीपेन्द्र पोखरेल, आमा सगुन, ठूलोबुबा प्रकाश ढकालसहित  सामाजिक अभियन्ता पुण्य गौतमलगायत प्रदर्शनमा उत्रिएका थिए ।

त्यसक्रममा उनीहरुले ‘हत्यारालाई फाँसी दे’, ‘हाम्रा छोरीचेली कहिलेसम्म असुरक्षित ?’, ‘दोषी सबैलाई कारबाही गर’, ‘हाम्रो छोरीलाई दोस्रो निर्मला नबनाइदे,’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका हुन् । गोरखाको अजिरकोट स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ्ग स्कुलको होस्टलमा बसेर अध्ययनरत १४ वर्षीया शालिनको फागुन १२ गते झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...