कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीका सांसदहरूलाई आइतबार प्रशिक्षण दिँदै कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए । ओलीले  नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो, निजी क्षेत्रलाई पनि सिध्याइदियो,’ अध्यक्ष ओलीले भने । बाँसबारी छालाजुत्ता कारखाना र हेटौँडा कागज कारखानाको उदाहरण दिँदै उनले ती उद्योग नचलेको बताए । त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो । अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौँ । आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौं । इन्जिन बनाउने कसरी ? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...