कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदियो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीका सांसदहरूलाई आइतबार प्रशिक्षण दिँदै कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए । ओलीले  नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन् । हामीले औद्योगिकीकरण गर्नुपर्नेछ, दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चार वटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो । निजीकरण भनेर कांग्रेसले उहिल्यै सिध्यायो, निजी क्षेत्रलाई पनि सिध्याइदियो,’ अध्यक्ष ओलीले भने । बाँसबारी छालाजुत्ता कारखाना र हेटौँडा कागज कारखानाको उदाहरण दिँदै उनले ती उद्योग नचलेको बताए । त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो । अहिले हामी निजी क्षेत्रलाई वास्तवमा विकासको इन्जिन बनाउन चाहन्छौँ । आर्थिक उन्नतिको इन्जिन बनाउन चाहन्छौं । इन्जिन बनाउने कसरी ? निजी क्षेत्रलाई भ्रष्ट बनाएर कमिसनतन्त्रको एउटा माध्यम बनाएर र उसलाई अलिकति कमाउन दिएर त्यसबाट हुने वाला होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...