महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन



 

 

काठमाडौं महानगरपालिका विरुद्ध कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । करिब एक सातादेखि आन्दोलित कवाडी व्यवसायीहरूले आइतबार पानीमा रुझ्दै आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नाराजुलुस गरेका हुन् । कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।  कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध र्‍याली गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइरहेको छ, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रभित्र मात्रै करिब १५ भन्दा बढी कवाडी संकलन केन्द्रमा डोजर चलाइसकेको छ । ३ महिनादेखि माइकिङ गरेर हट्न भनेको थियौं, अहिले डोजर चलाउन थालिएको हो । ९० वटा कवाडी छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नै महानगरको नीति हो’, पाण्डेले भने । उनले अहिले काठमाडौंको मात्रै नभएर ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत क्षेत्रका कवाडी व्यवसायीले पनि महानगरविरुद्ध आन्दोलन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख