महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिका विरुद्ध कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । करिब एक सातादेखि आन्दोलित कवाडी व्यवसायीहरूले आइतबार पानीमा रुझ्दै आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नाराजुलुस गरेका हुन् । कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।  कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध र्‍याली गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइरहेको छ, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रभित्र मात्रै करिब १५ भन्दा बढी कवाडी संकलन केन्द्रमा डोजर चलाइसकेको छ । ३ महिनादेखि माइकिङ गरेर हट्न भनेको थियौं, अहिले डोजर चलाउन थालिएको हो । ९० वटा कवाडी छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । ३२ वटै वडामा कतै पनि कवाडी व्यवसाय राख्न नदिने नै महानगरको नीति हो’, पाण्डेले भने । उनले अहिले काठमाडौंको मात्रै नभएर ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत क्षेत्रका कवाडी व्यवसायीले पनि महानगरविरुद्ध आन्दोलन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...