किसानको आन्दोलनमा एमाले बागमती प्रदेश कमिटिको एक्यबद्धता



हाम्रो इकोनोमि

 

नेकपा एमाले बागमती प्रदेश कमिटिले किसानको आन्दोलनमा एक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि प्रदान गर्न सरकारसँग जोडदार माग गरेको छ ।  बागमती प्रदेश कमिटिले एक विज्ञप्ती निकाल्दै  बागमति प्रदेश कमिटिले फागुन २१ गते माईतिघर मण्डलामा हुने बृहत बिरोध सभामा एममालेका नेता, कार्यक्रतालाई सहभागी हुनपनि अपिल गरेको छ ।  बागमति प्रदेश कमिटिको उपसचिव भकतकुमारी लामाको हस्ताक्षरीत विज्ञप्तीमा उक्त कुरा जनाएको छ । दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै नेपाल किसान महाँसंघ र केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा निरन्तर आन्दोलन भैरहेको छ । दुग्ध उत्पादक किसानहरूको विभिन्न संघसंस्थाले काठमाडौंमा संयुक्तरूपमा १६ बुँदे माग राख्दै आन्दोलन गरीररेका छन । उनीहरूले केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थानलगायत निजी डेरी उद्योगहरूले किसानलाई नदिएको जनाएका छन् । उनीहरूले दूधको बाँकी वक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरूको रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेलगायतका माग आन्दोलन गरीरहेका छन ।  उता आफूहरूको माग पूरा गर्न शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरुमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तररूपमा माइतीघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघका अध्यक्षका अध्यक्ष विश्वराज घिमिरेले जानकारी दिए । केन्द्रीय दुग्ध सहकारी संघ नेपालका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बजारमा पठाइएको दूधको बक्यौता नउठेको बताए । दूध किसानहरूलाई मर्का परेको भन्दै राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...