सरकारमा को हुन्छ-हुँदैन भन्न सकिँने अवस्था छैन : ओली



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनमा खटपट बढिरहेको बेला ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन ? भन्ने भन्न सकिने अवस्था नभएको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशनमा उनले भने, ‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने अवस्था छैन । यहाँ संसदमा पनि नभएको पार्टी पनि नभएको एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको छ । संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुँने भन्ने पर्दो हो कि  त्यस्तै लाग्छ । तर, एमाले त्यस्ताभित्र पर्ने होइन । उनले एमाले एउटा इतिहास र जिम्मेवारी बोकेको आफ्नो देश बनाउने भिजन कार्यान्वयन गराउन सक्ने पार्टी भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...