प्रधानमन्त्री हराउनुभयो, खोजी गरिपाऊँ : सांसद थापा



हाम्रो इकोनोमि

 

 

संसदको शुक्रबार बसेको बैठकको सुरुमै विशेष समय लिएर बोलेका एमाले सांसद सूर्य थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा नआएकोमा असन्तुष्टि जनाए । दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै उनले भने, ‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो । प्रधानमत्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो । प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे । उनले सरकार संसद्प्रति जवाफदेही बनेको आरोप लगाए । उनले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखिएका मन्त्रीलाई बर्खास्ता गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरे । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको खोजी गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...