दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन भन्दै कृषिमन्त्रीको राजीनामा माग



हाम्रो इकोनोमि

 

 

किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा मागे । रुपन्देही शाखाले बुटवलको राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध भएपछि कोणसभा गरेका थिए । सडकमा केहीबेर प्रहरी र किसानबीच ठेलमठेल भयो । दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन, कृषि उत्पादनको बजार सुनिश्चित गर, कमिशन खोर मुर्दावाद, हाम्रो माग पूरा गर, कृषि क्षेत्रको बिचौलिया अन्त्य गर, दूधको चोरी पैठारी बन्द गर, दूधजन्य पदार्थको आयात बन्द गर, दूधको भुक्तानी तत्काल गर, दूधको बजारको सुनिश्चितता गर, कृषि अनुदान व्यवस्थित गरलयायतका नारा लगाउँदै किसानहरू सडकमा उत्रिएका हुन् । दुग्ध उत्पादक संघका केन्द्रीय सञ्चालक सदस्य तथा रुपन्देही अध्यक्ष लेखनाथ पाण्डेले केन्द्रीय सर्कुलर अनुसार नै आफूहरू चक्काजामको कार्यक्रम गर्न लाग्दा प्रहरीबाट दमन गर्न खोजेको आरोप लगाए । आम किसानको समस्याप्रति सरकार उदासीन हुँदा आर्थिक नोक्सानी बेहोर्नुपरेको उनले दुखेसो गरे । कार्यक्रममा संघका उपाध्यक्ष खिमलाल पाण्डेले शान्तिपूर्ण प्रदर्शन र चक्काजामको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको भन्दै केन्द्रसँग समन्वय गरी थप आन्दोलनका कार्यक्रम तय गरिने बताए । यसै गरी प्रदेशका अन्य जिल्लाहरूमा पनि प्रदर्शन तथा विरोध सभाहरू भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...