दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन भन्दै कृषिमन्त्रीको राजीनामा माग



हाम्रो इकोनोमि

 

 

किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा मागे । रुपन्देही शाखाले बुटवलको राजमार्ग चौराहामा चक्काजाम गर्न लाग्दा प्रहरीको अवरोध भएपछि कोणसभा गरेका थिए । सडकमा केहीबेर प्रहरी र किसानबीच ठेलमठेल भयो । दूधको भुक्तानी दे, किसान मार्न पाइँदैन, कृषि उत्पादनको बजार सुनिश्चित गर, कमिशन खोर मुर्दावाद, हाम्रो माग पूरा गर, कृषि क्षेत्रको बिचौलिया अन्त्य गर, दूधको चोरी पैठारी बन्द गर, दूधजन्य पदार्थको आयात बन्द गर, दूधको भुक्तानी तत्काल गर, दूधको बजारको सुनिश्चितता गर, कृषि अनुदान व्यवस्थित गरलयायतका नारा लगाउँदै किसानहरू सडकमा उत्रिएका हुन् । दुग्ध उत्पादक संघका केन्द्रीय सञ्चालक सदस्य तथा रुपन्देही अध्यक्ष लेखनाथ पाण्डेले केन्द्रीय सर्कुलर अनुसार नै आफूहरू चक्काजामको कार्यक्रम गर्न लाग्दा प्रहरीबाट दमन गर्न खोजेको आरोप लगाए । आम किसानको समस्याप्रति सरकार उदासीन हुँदा आर्थिक नोक्सानी बेहोर्नुपरेको उनले दुखेसो गरे । कार्यक्रममा संघका उपाध्यक्ष खिमलाल पाण्डेले शान्तिपूर्ण प्रदर्शन र चक्काजामको कार्यक्रममा प्रहरी हस्तक्षेप भएको भन्दै केन्द्रसँग समन्वय गरी थप आन्दोलनका कार्यक्रम तय गरिने बताए । यसै गरी प्रदेशका अन्य जिल्लाहरूमा पनि प्रदर्शन तथा विरोध सभाहरू भएका छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...