राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियान



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका छन् । लोसपाबाट बाहिरिएको २ दिनपछि उनी माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका हुन् । २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप प्रदर्शन गरिएको बताइएको छ । अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित महतो र समर्थक माइतीघरतर्फ अघि बढेका छन् । उनीहरूलाई रोक्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । कुनै पनि हालतमा निषेधित क्षेत्र पस्न नदिने तयारीका साथ प्रहरी लागेकाले मुठभेडको जोखिम बढेको छ । र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...