टेरामक्स प्रकरणको अनुसन्धान सकियो : अख्तियार प्रमुख राई



हाम्रो इकोनोमि

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको अनुसन्धान सकिएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा अख्तियार प्रमुख राईले बयानको अनुसन्धान र विश्लेषण भइरहेको बताए । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध कल वाइपासको अनुगमन गर्न खरिद गर्न लागेको टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ ।

यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीका हैसियतमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र तत्कालीन सञ्चार सचिव रहेका हालका मुख्यसचिव बैकुण्ठ अर्यालसँग पनि बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...