भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । सोमवार निधन भएका उनको पार्थिव शरीर मङ्गलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताए । उनले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दिन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि बताए । उनले भने, ‘नेपाली सांगीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याउनु हुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो । अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याएको बताए ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...