सरकारको द्धैध चरित्र हामीलाई मान्य छैन : मिटरब्याज पीडित



हाम्रो इकोनोमि

 

 

काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै टोलीमा प्रहरीहरू आएको र खाली नगरे हटाउने भनेर धम्क्याएको पीडितहरूको गुनासो छ ।

मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारले द्धैध चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो । ‘सरकारले एकातिर हामीलाई वार्तामा बोलाएको छ, अर्कोतिर आश्रय लिएको ठाउँबाट हटाउन प्रहरी परिचालन छ,’ उहाँले भन्नुभयो, ‘सरकारको द्धैध चरित्र हामीलाई मान्य छैन । मिटरब्याजपीडितहरूसँग सरकारले आइतबार पहिलो चरणको वार्ता गरेपनि त्यसपछि भने वार्ताको वातावरण बनेको छैन । आफूहरूलाई भृकुटीमण्डपबाट हटाउने प्रयास गरिएको भन्दै संघर्ष समितिले वार्तामा बस्ने नैतिक धरातल गुमेको बताएका छन् ।

‘हामीले वार्ताका लागि आह्वान गरेकोमा स्वागत गर्दै वार्तामा सहभागी भई थप छलफल बिहान ११ बजेदेखि सुरु गर्ने गरी पहिलो बसाइँ टुंग्यायौँ । तर यता वार्तामा बस्ने उता धर्नास्थल र बास खोस्ने षड्यन्त्र रच्दै प्रहरीमार्फत् धम्काउने कार्य गर्दा राज्यको नियत धोकापूर्ण देखियो,’ अध्यक्ष कुशवाहाले भन्नुभयो, ‘पीडितहरूको न्यायिक संघर्षप्रतिको राज्यको उपेक्षा सैह्य छैन । हामीलाई बासको वैकल्पिक व्यवस्था नगरीकन उठिबास लगाउन खोजे त्यसको सशक्त प्रतिकार गर्न तयार छौँ ।’ उहाँले यस प्रकारको द्धैध चरित्रले वार्ताको अस्तित्व माथि नै प्रश्नचिन्ह खडा गरेको बताउनुभएको छ । मिटरब्याज अपराधले सिर्जना गरेको बहुआयमिक समस्याको पूर्णरुपमा समाधान खोज्न उन्मुख नहुने वार्ता, समयको बरबादी र पीडितलाई गुमराहमा राख्ने निकृष्ट चाल मात्रै हो,’ अध्यक्ष कुशवाहाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...