युनिभर्सल डेन्टल अस्पतालमा मोबाइल क्लिनिक सुरु



हाम्रो इकोनोमि

 काठमाडौंको स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटले मोबाइल डेन्टल सर्भिस भेइकल सञ्चालनमा ल्याएको छ । अस्पतालले गाडीमा दाँत परीक्षण तथा उपचारका लागि डाक्टरको समूहसहितको मोबाइल अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालसम्म आउन नसक्ने ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिको घरैमा गएर दन्त उपचार गर्ने उद्देश्यका लागि यो सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक राजन लामाले बताए ।

नागार्जुन नगरपालिकासँगको सहकार्यमा पालिकाका विभिन्न ठाउँमा समय समयमा दन्त परीक्षणसम्बन्धी निःशुल्क शिविर सञ्चालन पनि गरिने तथा मुख र दाँतको सफाइसम्बन्धी जनचेतना फैलाउने काममा यो भ्यान प्रयोग हुने उनको भनाइ छ । घरैमा गएर सुविधा दिँदा पनि अस्पतालमा लिने शुल्कमै उपचार गरिदिने तथा आर्थिक रूपमा असमर्थ बिरामीलाई निःशुल्क उपचार सेवा पनि दिने प्रबन्ध निर्देशक लामाले बताए । बिरामीले फोनमार्फत आग्रह गर्दा नागार्जुन, चन्द्रागिरि, कीर्तिपुरलगायतका नगरपालिका तथा काठमाडौं महानगरभित्र पनि सेवा दिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...