युनिभर्सल डेन्टल अस्पतालमा मोबाइल क्लिनिक सुरु



हाम्रो इकोनोमि

 काठमाडौंको स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटले मोबाइल डेन्टल सर्भिस भेइकल सञ्चालनमा ल्याएको छ । अस्पतालले गाडीमा दाँत परीक्षण तथा उपचारका लागि डाक्टरको समूहसहितको मोबाइल अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालसम्म आउन नसक्ने ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिको घरैमा गएर दन्त उपचार गर्ने उद्देश्यका लागि यो सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक राजन लामाले बताए ।

नागार्जुन नगरपालिकासँगको सहकार्यमा पालिकाका विभिन्न ठाउँमा समय समयमा दन्त परीक्षणसम्बन्धी निःशुल्क शिविर सञ्चालन पनि गरिने तथा मुख र दाँतको सफाइसम्बन्धी जनचेतना फैलाउने काममा यो भ्यान प्रयोग हुने उनको भनाइ छ । घरैमा गएर सुविधा दिँदा पनि अस्पतालमा लिने शुल्कमै उपचार गरिदिने तथा आर्थिक रूपमा असमर्थ बिरामीलाई निःशुल्क उपचार सेवा पनि दिने प्रबन्ध निर्देशक लामाले बताए । बिरामीले फोनमार्फत आग्रह गर्दा नागार्जुन, चन्द्रागिरि, कीर्तिपुरलगायतका नगरपालिका तथा काठमाडौं महानगरभित्र पनि सेवा दिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...