राजेन्द्र महतोले छाडे लोसपा



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्नुभएको छ । उहाँले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले पार्टी परित्याग गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्नुभएको छ । अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताउनुभयो । ‘विभिन्न विचार राख्ने पार्टीका नेता, कार्यकर्ता, व्यक्ति–व्यक्तित्व अभियानमा लाग्न सक्छन् । हामी अभियान, विद्रोह र संघर्षको माध्यम हुँदै क्रान्तिमा पुग्छौं । अहिले सरकारमा रहेका पार्टीहरू तत्काल आन्दोलन, अभियानका लागि तयार देखिएन । हामी आग्रह गर्छौं, सरकार छाड, जनताको बीचमा आऊ, पहिचानको कुरा गर, संघर्षको कुरा गर,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...