सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ



हाम्रो इकोनोमि

 

 

प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले  बतायो । २१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो । ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको  बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

यसरी समातिएको थियो सुन

तत्कालीन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले विशेष सूचनाका आधारमा २१ मंसिरमा मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानबाट चन्द्र घलेलाई नियन्त्रणमा लिएका थिए । विमानस्थल प्रवेश गर्ने वित्तिकै सुन व्यवस्थापन हुने सूचना पाएपछि विमानबाट नियन्त्रणमा लिएर जाँच गर्दा उनको शरीरमा सुनको ७ वटा विस्कुट फेला परेको थियो । त्यसक्रममा घलेले आफ्नो काम सुन लिएर आएर अध्यागमनमा रहेको ‘सीआईपी’कक्षको शौचालयमा राख्नु मात्रै भएको बताएका थिए । पक्राउ परेपछि भन्सारका अधिकारीहरुसँग बयान दिँदै उनले गोरखाका मीनबहादुर घलेले आफूलाई यूएई पठाएको खुलाएका थिए । उनीमार्फत मीनबहादुरको डेराबारे जानकारी पाएपछि प्रहरीको सहयोग लिएर भन्सारको टोली मध्यराति नै धुम्बाराहीस्थित मिनबहादुर बसेको घरमा पुगेको थियो ।

करिब ३ बजे घरबाट उनी पक्राउ परेका थिए । त्यसक्रममा उनले भारतीय नागरिक अंकित र गुरुको संलग्नता खुलाएका थिए । यो मामलामा पछि विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठ पक्राउ परेका थिए । एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठको पनि संलग्नता खुलेपछि समातिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...