अपराधीलाई कारबाही गर भन्दा मेरो राजीनामा माग्ने : ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

 

राप्रपा प्रवक्ता तथा जुम्ली सांसद ज्ञानेन्द्र शाहीले संसदमा आफ्नो राजीनामा माग्ने सत्तारुढ सांसदहरूलाई संसदबाटै कडा जवाफ फर्काएका छन् । जनताको आशीर्वाद लिएर आएको जन निर्वाचित सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको उनले बताए । शाहीले संसदमा एउटा सानो कविता पनि सुनाएका थिए ।

बालकुमारी घटनालाई टेकेर लेखेको उनको कविता यस्तो थियोः

फक्रक्क फुल्न नपाउँदै कोपीला मै चुँडाइदियौ

दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ

थिए होला तिनीहरूका सपना न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भए पछि सम्माननीय सभामुख महोदय न्याय खोज्न हामी कहाँ जाने ?

आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् उनकी आमा

अपराधीलाई कारबाही गर भनी आवाज उठाउँदा माग्छौ मेरो राजीनामा ?

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जति दबाउन सक्छौ दबाऊ

दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्नेछन्

र भन्नेछन् भ्रष्टाचारी र देशद्रोहीलाई देशबाटै भगाऊ

 

शाहीले संविधानको धारा २७४ लाई उद्धृत गर्दै संसदभित्र व्यवस्था परिवर्तनको आवाज पनि उठाउन पाइने बताए । उनले भने, ‘यो व्यवस्था अपरिवर्तनीय होइन । कसैसँग विचार मिल्दैन भन्दैमा अमुक मान्छेले राजीनामा माग्न पाइँदैन । ज्ञान छैन भने संविधान पढ्ने, पढ्न आउँदैन भने हामीसित सिकाइ माग्नुपर्‍यो । नेपालको संविधानको धारा १०३ ले संविधानभित्रका कुनै पनि सांसदले वाक स्वतन्त्रता र बोल्न पाउने अधिकार सुनिश्चित गरेको शाहीले उल्लेख गरे ।

‘म जन निर्वाचित सांसद हुँ । गोबर र आलुको गठबन्धनलाई हराएर आएको हो । जुम्लाका जनताले आशीर्वाद दिएर पठाएका हुन् । मैले राजीनामा किन दिने ? म ८–९ वर्षका बच्चा बच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेका बसमा बम हानेर आएको हो ? जातजाति र धर्मका नाममा हिंसा गरेको छु ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...