पर्यटनमन्त्री किराती कमिसनमा लिप्त रहेको सांसद खतिवडाको आरोप



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसदले पनि पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए ।

निगम ४८ अरब भन्दा धेरै ऋणमा डुबेको छ । आफूसँग भएको विमान नचलाउने अनि भाडामा लिने यो प्रवृत्तिले कहाँ पुर्‍याउने हो रु, खतिवडाले भने, ‘मन्त्री नयाँ विमान भन्दै हुनुहुन्छ । झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएको छ । कांग्रेस सांसद खतिवडाले दुई तारे होटेललाई चार तारेको अनुमति दिने खेलमा किराती लागेको पनि जिकिर गरे । किरातीले कामको आधारमा नभई दामको आधारमा नियुक्ति गरेको उनको टिप्पणी छ ।

 

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...