इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाखमा



हाम्रो इकोनोमि

 

.

प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाख तेस्रो साता हुने भएको छ । त्यसबारे निर्णय गर्न आज निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने तयारी गरेको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ । यसैगरी बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो ।

स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधि सभाको उपनिर्वाचनको मिति सरकारसँग परामर्श गरेर निर्वाचन आयोगले तोक्ने व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनको विषयमा सरकारसँग परामर्श गरिसकेको र सोहीअनुसार आजको बैठकबाट निर्णय गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...